नेपालमा मानसिक स्वास्थ्यका चुनौतीहरू Mental Health Challenges in Nepal
(साङ्केतिक चित्र Symbolic image)
* * * * * *
सरकारले मानसिक स्वास्थ्यलाई ध्यान दिनु पर्ने कारण :
Rationale / Why mental health?
➣ मानसिक स्वास्थ्य समस्याले धैरै असर गरेको (हेर्नुहोसः नेपाल रोगभार अध्ययन तालिका नं. १ र तालिका नं. ९, तथा नेपाल मानसिक स्वास्थ्य सर्वेक्षण)। मानसिक स्वास्थ्य संकटलाई प्रभावकारी रूपमा सामना गर्न सबैको थप रचनात्मक भूमिका आवश्यक रहेको छ। (Highest disability due to mental health problems, rising) (See: Burden of Diseases Study 2019, Table 1 and Table 9, and Mental Health Survey 2020)
➣ नेपाल जस्ता देशको स्वास्थ्य प्रणालीमा मानसिक स्वास्थ्य सेवा अव्यवस्थित रहेको (Inadequate mental health services in many countries like Nepal) (विश्व स्वास्थ्य संगठन WHO Facts sheet, WHO Report 2022)।
➣ मानसिक स्वास्थ्य समस्या भएका धेरै जसो मानिसले राम्रोसँग काम गर्न नसक्ने हुनाले आय आर्जन कम हुन जान्छ। Mental health problems causing highest loss of productivity as it affects earning and livelihood (आर्थिक क्षतिको प्रमुख कारण मानसिक स्वास्थ्य समस्या, Harvard & World Economic Forum)।
➣ संविधान And to implement or obey the constitution (धारा ३५ Article 35 of constitution), सम्बन्धित कानुन (जनस्वास्थ्य सेवा ऐन २०७५ Public health service act) / नीति / नियम, र सर्वोच्च अदालतको आदेश समेत पालना गर्न (Supreme Court writ of mandamus, KOSHISH कोशिश)।
➣ जोसुकैलाई् नचाहादा नचाहादै जुनसुकै बेला स्वास्थ्यमा समस्या आउन सक्छ (कुनै कारणले वा खास कारण नभएर पनि) । त्यस बेलामा सम्मानपूर्वक उचित उपचार सहायता पाउनु सबैको हक अधिकार हो। (यसका लागि स्वास्थ्य सेवा सहज बनाउन आवश्यक छ।) Health problems can occur unexpectedly for anyone. Everyone has the right to respectful healthcare, which is why making these services easily accessible should be a priority.
➣ धेरै जसो मानसिक समस्या भएकाहरूलाई आफ्नो समस्या र त्यसको सही उपचार के हो भन्ने थाह हुँदैन वा स्वीकार गरेका हुँदैनन्। (यसका लागि स्वास्थ्य सचेतना अभिवृद्धि गराउन आवश्यक छ।) Because many people may not recognize or may deny mental health struggles, raising awareness is the first step toward making care truly accessible.
* * * * * *
प्रमुख २ सवालहरू Two main agendas:
➣ (१) सचेतना बढाउने र Raising awareness and
➣ (२) स्वास्थ्य सेवा सुदृढीकरण गर्नु पर्ने (सेवा उपलब्धताः स्वास्थ्यकर्मी, मनोपरामर्श, सामाजिक सहायता, औषधि, आदि)। Strengthening health services by ensuring the availability of health professionals, counseling services, social support, medicines, and related resources.
* * * * * *
तथ्य: नेपालको स्वास्थ्य सेवा प्रणाली - कुरा धेरै, काम कम
Fact: Nepalese health system - many words, few actions:
➣ नीति, योजना, रणनीति कागजमा गतिलो, कार्यान्वयन कमजोर । नेपाल सरकारका नीति, योजना र उपलब्धि हेर्दा थाह हुन्छ। हाम्रा विकासका लक्ष्य कहाँ छन्? उपलब्धि के छ? Policies, plans, and strategies appear sound, but implementation remains weak. What are the targets and achievements? (See: plans and update of achievements हेर्नुहोस् योजना र उपलब्धिको तथ्याङ्क अपडेट : राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना २०७७ National Mental Health Action Plan, राष्ट्रिय योजना आयोग National Planning Commission , नेपाल प्रहरीको प्रतिवेदन Report of Nepal Police, आदि etc.)
* * * * * *
गर्नु पर्ने प्रमुख कामहरू Major Recommendations:
➣ आवश्यक पर्ने जोकोहीले गुणस्तरीय स्वास्थ्य सेवा (मनोवैज्ञानिक र औषधिजन्य प्रमाणित उपचार) सहजै पाउने व्यवस्था गर्नु पर्दछ The system must be strengthened to ensure that everyone can access the necessary health services, including psychological and pharmacological support. (एनसिडिआइको सुझाव Recommendations of NCDI)।
➣ अस्पतालहरूमा मनोसामाजिक सेवा विस्तार गर्न थप लगानी गर्नुपर्ने। सरकारले, सामाजिक कार्यकर्ता, स्वास्थ्यकर्मी, परामर्शकर्ता, मनोचिकित्सा नर्स, मनोविद्, मनोचिकित्सक आदिको यथोचित दरबन्दी बढाउनु पर्दछ । नेपालमा मानसिक स्वास्थ्य सेवा प्रवाहमा सुधार गर्नु पर्ने धेरै काम छन्, जस्तोः सरकारी स्वास्थ्य सेवामा परामर्शदाता वा मनोविद्को पद छैन (डा. विभव आचार्य)। (Create posts for definite health service providers: It is imperative for hospitals to strengthen psychosocial service delivery. Nepal's governmental health system lacks posts of counselor / psychologists Dr. Bibhav Acharya).
➣ बिमाले मानसिक स्वास्थ्यलाई छोडेर जनतालाई स्वस्थ बनाउन सम्भव छैन। जस्तैः सुविधाको थैलीमा मनोपरामर्श समेट्नु पर्छ। Health insurance cannot ensure a healthy nation if it neglects comprehensive mental health services. Counseling and psychotherapy must be included in the benefit package. (सुविधाको थैली Benefit Package)
➣ जनशक्तिको वर्गीकरण आवश्यकः मनोपरामर्श सेवा कसले कुन स्तरको दिन सक्षम हुन्छन भन्ने नियमन गर्नका लागि परिषदमा दर्ता गर्ने / अनुमतिपत्र दिने प्रणाली समेत आवश्यक। अन्यथा गुणस्तरीय सेवा सुनिश्चित नहुने। हाल केही उच्च तहका चिकित्सा मनोविद्लाई मात्र दर्ता गरिदै। जोसुकैले सामाजिक कार्यकर्ताको काम गर्ने, परामर्श दिने वा पुनर्स्थापनाविद् बन्ने कार्य बन्द गर्न आवश्यक। समय सुहाउदो नियम पद्दतीको विकास गर्न आवश्यक छ। (Regulate the quality of human resources. Categorize the standard level and provide license to social workers, counselors, psychologists, psychological therapists, etc. Only few high level clinical psychologists are registered, rest remain unlisted in the councils.
➣ पुनर्स्थापना वा सुधार केन्द्रमा मनोविद् लगायतका सक्षम स्वास्थ्यकर्मीको सेवा अनिवार्य उपलब्ध हुनु पर्ने। कुटपिट गर्ने अमानवीय प्रथालाई उपचार मान्ने विकृती हटाउन आवश्यकः अमानवीय र अवैज्ञानिक क्रियाकलाप त अपराध हो । यसले मानिसको शारीरिक, मानसिक, सामाजिक, आर्थिक क्षति गराउदछ। (यस्ता दुःखद खबर पनि आउने गरेका छनः समाचार १, समाचार २, समाचार ३, भिडियो, ) Rehabilitation centers need reforms to ensure humanistic and scientifically sound care approaches. They should be staffed by qualified health professionals, including doctors, nurses, counselors or psychologists, social workers, and paramedics. Inhumane and unscientific treatment—which severely harms physical, mental, social, and financial well-being—must be prohibited as a criminal act. There have been reports, including incidents where service seekers have been beaten to death, underscoring the urgent need for regulatory oversight and enforcement. (Some sad news: news1, news2, video,)
* * * * * *
(सेतोपाटीमा पढ्नुहोस Read in Setopati: Mental Health Awaits Humanistic Care perspective)

